• २०८१ बैशाख १५ शनिबार

विनोद चौधरी बयानका लागि सिआइबीमा

kharibot

काठमाडौँ । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा बयानका लागि उपस्थित भएका छन् ।

सीआइबी स्रोतका अनुसार सांसद चौधरी बयानका लागि आज विहान उपस्थित भएका हुन् । सिआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा सांसद चौधरीमाथि छानबिन गरिरहेको छ ।

यसअघि बुधबार सिआइबीले सांसद चौधरीमाथि छानबिन भइरहेको भन्दै सभामुख घिमिरेलाई जानकारी गराउदै पत्र संसद सचिवालयमा पत्र दर्ता गराएको थियो । 

काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको छ ।

गत सोमबार बाँसबारी जग्गा प्रकरण बारे चौधरीले संसदमा बोल्दै सरकारले गरेको निर्णय अनुसार आफुहरुले सो जग्गा लिएको दाबि गरेका थिए । 

यसअघि सिआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेर ६ दिनपछि जिल्ला अदालत काठमाडौँको आदेशमा हाजिरी जमानीमा छोडेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै