• २०८१ बैशाख १७ सोमबार

रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नईलाई दियो १७४ रनको लक्ष्य

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सलाई १७४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको हो ।

रोयल च्यालेन्जर्स बैंगलुरुका लागि अनुज रावतले सर्बाधिक ४८ रन बनाएका थिए । रावतले २५ बलमा आक्रामक ब्याटिंग गर्दै ४८ रन बनाएका थिए । त्यसैगरी दिनेश कार्तिकले २६ बलमा अविजित ३८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ३५, विराट कोहलीले २१ तथा क्यामरुन ग्रिनले १८ रन बनाएका थिए ।

त्यसैगरी चेन्नईका बलर मुस्ताफिजुर रहमानले सर्बाधिक ४ विकेट लिएका थिए । रहमानले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै दीपक चहरले एक विकेट लिएका थिए ।
  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै