• २०८१ बैशाख १८ मंगलबार

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

kharibot

वालिङ (स्याङ्जा)। आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ ।

गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका- २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।

छ जना साथीहरु पौडी खेल्न गएका थिए । राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए ।

बिहान १० : ३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् । 

रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ । 

रानासँगै पौडी खेल्न गएका उनका साथीहरुलाइ प्रहरीले सोधपुछ थालेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै