• २०८१ बैशाख १७ सोमबार

सशस्त्रको गोदाम आगलागी प्रकरणमा गृहले पनि बनायो छानबिन समिति

kharibot

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा सोमबार भएको आगलागीको घटना छानबिन गर्न गृहमन्त्रालयले अर्को समिति बनाएको छ ।

यस अघि सशस्त्रले प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

गृहले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको सशस्त्रले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै