• २०८१ बैशाख १८ मंगलबार

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रतिवद्धता

kharibot

काठमाडौँ । विक्रम सम्बत् २०८१ को सुभारम्भसँगै परोपकारी सँस्था हेड्स नेपालले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम समुदायस्तरमा लैजाने भएको छ ।

वि.सं २०८१ को पूर्वसन्ध्यामा बनस्थली, काठमाडौँमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रम र मानसिक स्वास्थ्य सम्बन्धी विचारशाला कार्यक्रमका वीच युवा र वयस्कलाई लक्षित सामुदायिक सचेतना कार्यक्रम घोषणा गरिएको हो । सो अनुसार वागमती र गण्डकी प्रदेशका समुदाय र विद्यालयमा स्थानीय तहको सहभागितामा सचेतनामूलक कार्यक्रम र सेसनहरु सञ्चालन गरिनेछन् ।  

“आत्महत्या रोकथाममा म प्रतिवद् छु”  भन्ने चेतना बस्ती बस्तीमा लैजान स्वयंसेवकहरु तयार गर्ने संस्थाको प्राथमिकता रहेको महासचिव दिव्यराज पौडेलले जानकारी दिए । उनले भने- जोखिम अवस्था र व्यवहार हेर्ने, व्यक्तिका समस्या तथा कथाहरु सुन्ने र आत्महत्याका सोंचभएका लाई सहयोगी निकायसँग जोड्न प्रयत्न गरिने छ ।  

मनोसामाजिक सहजकर्ता टिकाराज पौडेलले मानसिक स्वास्थ्यका विभिन्न पक्षहरुमा प्रस्तुती गरेका थिए । शुभकामना तथा मानसिक स्वास्थ्य चेतना विचारशाला कार्यक्रमको अध्यक्षता सँस्थाका अध्यक्ष दिलीप देवकोटाले गरेका थिए ।

स्वास्थ्य, शिक्षा, कृषि र विपद्को क्षेत्रमा सक्रिय हेड्स नेपाल  ३० वर्ष अघि स्थापना भएको हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै