क्यानडा । जर्मन फेडेरल गभर्नमेन्टले एपीलाई उपलब्ध गराएको यो तस्बिरमा जर्मन चान्सलर एन्जेला मर्केल (बीच) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही भन्दै ।
दायाँ बसिरहेका ट्रम्प जी७ राष्ट्ररुका नेताको शिखर सम्मेलनका क्रममा शनिबार क्यानडाको क्युबेकमा रहेका थिए ।
उनी उत्तर कोरियाली नेता किम जोंग उनसँग भेट्नुअघि सात शक्तिशाली राष्ट्रको सम्मेलन पुगेका हुन् ।
सो क्रममा हालैका हप्तामा अमेरिका र यसका सहयोगी राष्ट्रहरुबीच व्यापारयुद्ध चल्नसक्ने आँकलन गरिरहिएको छ ।