काठमाडौँ । रसियामा जारी विश्वकप फुटबलमा गोल्डेन बुटको दौडमा इङल्याण्डका ह्यारी केनको अग्रता झन् बढेको छ ।
कोलोम्बियाविरुद्ध गोल गरेपछि केनले विश्वकपमा आफ्नो छैठौ गोल गरेका छन् । केनले ४ खेलमा ६ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् । त्यस्तै उनलाई पछ्याउदै बेल्जियमका रोमेलु लुकाकुले ४ गोल गरेका छन् । अब पोर्चुगल विश्वकपबाट बाहिरिएपछि रोनाल्डोको गोल्डेन बुट जित्ने सम्भावना सकिएको छ ।
त्यस्तै गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बाप्पे र उरुग्वेका एडिनसन कभानी तेस्रो स्थानमा रहेका छन् । उनीहरु दुवैले अन्तिम १६ को खेलमा २-२ गोल गर्दै विश्वकपमा आफ्नो गोल संख्या ३-३ पुर्याउदै गोल्डेन बुटको दौडमा सामेल भएका हुन् । त्यस्तै रसियाका डेनिस चेरीशेभ र अर्टीम डिजीउबाले अहिलेसम्म ३-३ गोल गर्दै गोल्डेन बुटको दौडमा रहेका छन् । विश्वकपमा ३ गोल गरेका स्पेनका डिएगो कोष्टा स्पेन विश्वकपबाट बाहिरिए पछि उनको गोल्डेन बुटको सम्भावना सकिएको छ ।
त्यस्तै बेल्जियमका इडेन हजार्ड, इङल्याण्डका जोन स्टोन, क्रोसीका लुका मोड्रीच, फ्रान्सका एन्टोनी ग्रिजम्यान, उरुग्वेका लुइस स्वरेज, ब्राजिलका फिलिप कोटिन्हो र नेइमार, स्विडेनक अन्द्रेस ग्रानक्विभिष्टले २-२ गोल गरेर गोल्डेन बुटको दौडमा चौथो स्थानमा रहेका छन् ।