• २०८१ जेठ ३ बिहीबार

अभिनेत्री प्रियंका र अभिनेता आयुष्मानले गरे इन्गेजमेन्ट 

kharibot

काठमाडौँ । गएको २ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः इन्गेजमेन्ट गरेका छन् । शनिवार एक पारिवारिक जमघटमा दुवैले औँठी इन्गेजमेन्ट गरेका हुन् ।

फिल्म 'कथा काठमाण्डू' को छायांकनको बेलादेखि यी दुवैबीच निकटता बढेको थियो । मिडियामा खुल्लम खुल्ला प्रेममा रहेको बताउँदै आएको यो जोडीको इन्गेजमेन्ट समारोहमा कार्की र जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो । 

आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तश्बिर शेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छन् । यस्तै, पूर्व मिस नेपाल जेनिशा मोक्तानले पनि औँठी साटेका दुवैलाई बधाई दिँदै सामाजिक सञ्जालमा तश्बिर राखेकी छन् । 

इन्गेजमेन्ट भएपनि प्रियंका र आयुष्मानको विवाहको मिति तोकिएको छैन । यी दुवैले 'कथा काठमाण्डू' सँगै 'चंगा चेट' जस्ता फिल्ममा काम गरिसकेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै