• २०८१ बैशाख १७ सोमबार

‘कथा काठमाण्डू’ को गीतमा प्रियंकाले किन दिईन् इन्टीमेट सिन ?  

kharibot

काठमाडौँ । फिल्म ‘कथा काठमाण्डू’ को आइतबार सार्वजनिक भएको पहिलो गीतमा प्रियंका कार्कीले दिएको इन्टीमेट सिनको अहिले निकै चर्चा चलेको छ ।

अहिले नेपाली फिल्म उद्योगकी चल्तीकी अभिनेत्री प्रियंकाले फिल्मको गीतमा यस्तो सिन दिनुलाई धेरैले आलोचनात्मक ढंगले हेरेका छन् । 

'रातको कुरा...' बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर रहेको छ । आइतवार दिउँसो यो गीत यूट्युबमा रिलिज भएको थियो । इन्दिरा जोशीको स्वर र प्रदीप बाँस्तोलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको उत्तेजक सिन देख्न सकिन्छ । 

गीतबाटै फिल्म एडल्ट रहेको चर्चा समेत हुन थालेको छ । गीत सार्वजनिक कार्यक्रममा निर्देशक संगीता श्रेष्ठ भन्छिन्, 'यो गीत फिल्ममा किन छ भनेर फिल्म हेरेपछि थाहा पाउनुहुन्छ ।' उनले गीतमा मेल र भिमेलबीचको रोमान्स नभएर पीडा रहेको बताउँछिन् । उनी थप्छिन्, 'प्रियंका र प्रमोद बीचको यस्ता केहि क्लिप्सहरु छन् जुन हामीले गीतमा उतारेका छैनौँ । तर फिल्ममा उहाँहरु बीचको ती दृश्यले तपाईहरुलाई सक्ड पनि पार्न सक्छ ।'
 
निर्देशक श्रेष्ठका अनुसार, सार्वजनिक गीतले फिल्मको कथा बोल्छ । 'रातको कुरा...' बोलको गीतलाई यूट्युबमा अधिकांशले नकारात्मक कमेन्ट गरेका छन् । धेरैले गीत तत्काल हटाउनु पर्ने लेखिरहेका छन् भने गायिका इन्दिरा जोशीको पनि चर्को आलोचना भइरहेको छ । 
 
यूट्युबको कमेन्ट गर्नेहरुले पैसा र चर्चामा आउन जे पनि गरेकोमा आलोचना गरिएको छ । फिल्मी क्षेत्रमा अनुभवी नायिका र अब्बल नायिकाको छबि बनाएकी प्रियंकाको यस्तो सिनले उनका फ्यान र दर्शक असन्तुष्ट भएको देखिएको छ । 

यस फिल्ममा लामो समयदेखि प्रेममा रहेका प्रियंका र आयुष्मान, जसले गएको साता मात्र इन्गेजमेन्ट गरेका थिए, उनीहरु प्रमुख भूमिकामा रहेका छन् । असोज १२ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । 

प्रदीप बास्तोलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायिका जोशी पनि देखिएकी छन् । भिडियो निकै फरक शैलीमा तयार पारिएको छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरी फिचर्ड भिडियोमा यी दुईले भरपुर इन्टिमेट सिन दिएका छन् ।

संगीता श्रेष्ठ निर्देशित फिल्म ‘कथा काठमाण्डू’ को यो गीतमा निर्देशक स्वयंको कोरियोग्राफी रहेको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक श्रेष्ठले गीतमा प्रियंका र प्रमोदलाई खुल्न गाह्रो नभएको बताइन् । उनी भन्छिन्, 'हामी पहिला नै यसका लागि तयार थियौं । त्यसैले कुनै असहज भएन । यो गीतले फिल्मको मुल कथा बोल्छ ।' 

फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ । संगीताले नै यो फिल्मको कथा लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै