• २०८१ बैशाख १८ मंगलबार

दुर्गा प्रसाईविरुद्ध मानव अधिकार आयोग र महिला आयोगमा उजुरी 

kharibot

काठमाडौ । बीएण्डसी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाई‌ंविरुद्ध मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राको मर्यादामाथि प्रश्न उठाएको र गालीगलौज गरेको भन्दै सामाजिक अभियन्ता जमुना सुवेदी, अम्बिका कार्की तथा राज्यलक्ष्मी श्रेष्ठले प्रसाईंले आयोगमा उजुरी दर्ता गरेका हुन् ।

प्रसाईंले बंगालादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली महिलामाथि यौन दुर्व्याबार हुने गरेको आशयको अभिव्यक्ति दिएका थिए । प्रसाईको सो अभिव्यक्तिविरुद्ध सामाजिक संजालदेखि मिडिया र देशको राजनीतिक वृतमा समेत ठुलो विषय बनेको छ।  

नेपाली महिलाको चरित्र हत्या गरेको भन्दै प्रसाईंलाई गाली बेइज्जती ऐन २०१६ र सार्वजनिक अपराध तथा सजाय ऐन २०२६ बमोजिम दण्ड सजाय गर्न र दुर्गा प्रसाईंलाई जेल चलान गर्नसमेत उजुरीकर्ताले माग गरेका छन् ।

त्यसैगरी दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ।

'प्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरहरूले करणी गरी राख्ने' भन्ने गलत अभिव्यक्ति दिएको भन्दै नेविसंघले कारबाही माग्दै उजुरी दिएको हो। महिलाहरूको अस्मितामा धावा बोल्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले बिहिबार आयोगमा उजुरी दिएकी हुन्।

'महिलाको चरित्र हत्या गर्ने छुट प्रसाईंलाई कुनै कानूनले दिएको छैन' नेविसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रसाईंलाई कारबाही नगरी त्यसै छाड्दा उसको उदण्ड व्यवहारलाई थप प्रोत्साहन हुन्छ।'

प्रसाईंकै जस्तो आशयको अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले भने विरोध भएपछि पदबाट राजीनामा दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै