• २०८१ बैशाख २४ सोमबार

सागर पुन बने मलेसियन प्रिमियर लिगको उत्कृष्ट ब्याट्सम्यान,  क्वालालम्पुरलाई जिताए उपाधि 

kharibot

काठमाडौँ। मलेसियन प्रिमियर लिग क्रिकेटको उपाधि नेपाली खेलाडी सागर पुन र आशिफ शेख खेलेको टिम क्वालालम्पुरले जितेको छ ।

अाइतबार भएको फाइनलमा युनिभर्सिटी किवानसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुरले उपाधि जितेको हो । 

युनिभर्सिटीले दिएको १०२ रनको सामान्य लक्ष्य क्वालालम्पुरले २५.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । 

क्वालम्पुरको जितमा अहमद फहिजले नट आउट ४५ रन बनाएका थिए । यसैगरी नेपालका ब्याट्सम्यान आशिफ शेखले नटआउट ३३ रन  बनाएका थिए । ४१ बल खेलेका आशिफले ६ चौका प्रहार गरे । अर्का नेपाली ब्याट्सम्यान सागर पुनले भने १० रनको  योगदान दिए ।

टस जितेर पहिले ब्याटिङ गरेको युनिभर्सिटी क्लब २६ ओभरमा अल आउट भएको थियो । युनिभर्सिटीका लागि इमामुयल मुस्तकिमले सर्वाधिक २८ रन जोडेका थिए । क्वाललम्पुरका नेभिल लेङ्गेले सर्वाधिक ४ विकेट लिएका थिए ।

प्रतियोगितामा सागर पुनले सर्वाधिक रन बनाएका छन्। उनले प्रतियोगिता १० खेल खेल्दै ४५२ रन बनाए भने महत्वपूर्ण ९ विकेट पनि लिए । सागरले १० खेलमा २ शतक र एक अर्धशतकसहित ४५२ रन बनाएका हुन्। सागर प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बनेका छन्। त्यस्तै अर्का नेपाली खेलाडी आशिफले भने १० खेलमा २१९ रन बनाएका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै