काठमाडौँ । नेप्सेमा आज पनि वृद्धि भएको छ । आज मंगलबार नेप्से ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४३ कम्पनिका एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, हाइड्रो, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९८ ले बढेको छ भने कलंगा हाइड्रोको शेयर ७.५० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चर २०८९ को शेयर ७.४४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ५५ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ३१ करोड ३७ लाख बराबरको कारोबार भएको छ ।









