इङल्याण्डसँगको तेस्रो टेस्ट भारतको नियन्त्रणमा

खरीबोट
ad

काठमाडौँ। इङल्याण्ड र भारतबीच जारि तेस्रो टेस्ट क्रिकेट दोस्रो दिनको खेल सकिदासम्म भारतले आफ्नो नियन्त्रणमा राखेको छ।  पहिलो पारीमा ३२९ रन जोडेको भारतले इङल्याण्डलाई पहिलो पारीमा १६१ रनमा अलआउट गरेपछि तेस्रो टेस्टमा आफ्नो नियन्त्रण बनाएको हो। 

भारतले आफ्नो दोस्रो पारी सुरु गर्दै दोस्रो दिनको खेल सकिदासम्म १२४ रन बनाएर २ विकेट गुमाएको छ भने समग्रमा २९२ रनको अग्रता हासिल गरेको छ। 

दोस्रो दिन भारतले थप २२ रन बटुल्दा सबै विकेट गुमाए पछि ३२९ रनमा अलआउट भएको भारतले इङल्याण्डलाई पहिलो पारीमा १६१ रनमा समेटेको थियो।  इङल्याण्डलाई सस्तैमा समेट्ने क्रममा भारतका हार्दिक पाण्डेयले ५ विकेट लिएका थिए। त्यस्तै इशान्त शर्मा र जस्प्रित बुमराहले २-२ विकेट र मोहमद सामीले एक लिएका थिए। इङल्याण्डका लागि जस बटलरले सर्वाधिक ३९ रन बनाए भने एलस्टर कुकले २९ तथा केके जेनिङ्ग्सले २० रनको योगदान दिएका थिए। 

आफ्नो दोस्रो पारी सुरु गरेको भारतले २ विकेट गुमाउदै १२४ रन बनाएको छ। भारतका लागि शिखर धवनले ४४ र केएल राहुलले ३६ रन बनाएर आउट भएका छन्।  चैतेश्वोर पुजारा ३३ र कप्तान विराट कोहली ८ रन बनाएर खेलिरहेका छन्।  त्यति इङल्याण्डका लागि बेन स्टोक र आदील रशिदले एक एक विकेट लिएका छन्।  
          

सम्बन्धित समाचार

इङल्याण्डका क्रिकेटर मोइन अलीलाई अस्ट्रेलियन खेलाडीले 'ओसामा' भनेको खुलासा 

काठमाडौँ। इङल्याण्डका क्रिकेटर मोइन अलीले आफुलाई खेलको दौरान ऑस्ट्रेलीयन खेलाडीले ओसामा भनेर सम्बोधन गरेको आरोप लगाएका छन्। अलीले लेखेको आत्मकथा मोइनमा आफु २०१५ मा अस्ट्रेलियाविरुद्ध भएको खेलमा नश्लभेदको शिकार भएको

भारतविरुद्ध टेस्ट सिरिजमा इङल्याण्ड ४-१ ले विजयी, अन्तिम टेस्टमा कुक बने म्यान अफ द म्याच 

काठमाडौँ।  इङल्याण्ड टुरमा रहेको भारतलाई इङल्याण्डले अन्तिम टेस्ट क्रिकेटमा ११८ रनले पराजित गर्दै सिरिज ४-१ ले जितेको छ ।  इङल्याण्डले दिएको ४६४ रनको लक्ष्य पछयाएको भारत ३४५ रनमा अलआउट भएपछि अन्तिम

अन्तिम टेस्टमा कुकले बनाए शानदार शतक, कुमार संगकाराको रेकर्ड पनि तोडे 

काठमाडौं । इङल्याण्डका ब्याट्सम्यान एलेस्टर कुकले आफ्नो क्यारियरको अन्तिम टेस्ट खेलमा शतक प्रहार गरेका छन् । हाल इङल्याण्डमा जारी भारतविरुद्ध पाँचौं तथा अन्तिम टेस्टको दोस्रो इनिङमा कुकले शतक हानेका हुन् ।यस

इङल्याण्डका एलेस्टर कुकले टेस्ट क्रिकेटबाट सन्यास लिए 

काठमाडौँ। इङल्याण्डका क्रिकेट एलेस्टर कुकले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। कुकले भारतसँग यहि सेप्टेम्बर ७  मा पाचौ टेस्टपछि आफुले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।  ३३ बर्षिय कुक यस