काठमाडौँ । सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको सुदुरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो ।
सुदुरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ६० रन बनाएका थिए । २.३ ओभरमा ८ रन बनाएर ४ विकेट गुमाएको सुदुरपश्चिमलाई दिपेन्द्र र आरिफ सेखले सम्हालेका थिए । आरिफ १६ रन बनाएर आउट भए हने थरिन्दु रत्नायाकेले अविजित २६ रन बनका थिए ।
त्यसैगरी काठमाडौँका बलर जहानदाद खानले ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट लिएका थिए ।









