• २०८३ कार्तिक ३० सोमबार

बलिवुड फिल्म ‘जोश’ फेम अभिनेता शरद कपूर आर्थिक संकटमा

बलिवुड फिल्म ‘जोश’ फेम अभिनेता शरद कपूर आर्थिक संकटमा

काठमाडौं । बलिवुड फिल्म ‘जोश’ फेम अभिनेता शरद कपूरले आफू विगत दुई वर्षदेखि ओछ्यानमै रहेको र डिप्रेसनसँग संघर्ष गरिरहेको बताएका छन् ।

हालै सार्वजनिक एक भिडियोमा उनले आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेको र आर्थिक संकटबाट गुज्रिरहेको खुलासा गरेका हुन् । एक गैरसरकारी संस्थाकी प्रतिनिधिका अनुसार उनलाई मस्तिष्कसम्बन्धी समस्या हुनुका साथै खुट्टा भाँचिएको थियो । स्वास्थ्य समस्याका कारण उनले नियमित खाना र औषधिसमेत लिन नसकेको बताइएको छ ।

शरदले बलिउड फिल्म उद्योगका वरिष्ठ कलाकार तथा सहकर्मीसँग आर्थिक, मानसिक र भावनात्मक सहयोग मागेका छन् । आफू पुनः काममा फर्किएर आत्मनिर्भर बन्न चाहेको भन्दै उनले कामको अवसरसमेत उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

स्वास्थ्य अवस्थाका कारण उनले आफ्ना पाल्तु कुकुरहरूलाई समेत एक संस्थाको हेरचाहमा पठाएको बताएका छन् । संस्थाकी प्रतिनिधिले अभिनेताको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको र परिवारका सदस्यले कहिलेकाहीँ फोन गर्ने गरेको शरदले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै