• २०८३ कार्तिक ३० सोमबार

जलवायु अनुकूलनका लागि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्दैछौँ- शिक्षामन्त्री पोखरेल

जलवायु अनुकूलनका लागि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्दैछौँ- शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि विद्यालय तहको पाठ्यक्रममा जलवायु शिक्षालाई अनिवार्य समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।

टर्कीको एन्टाल्यामा आयोजित जलवायु सम्मेलन कोप–३१ को मन्त्रीस्तरीय छलफलमा उनले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनसँगै विद्यालयका भौतिक संरचनालाई जलवायुमैत्री र सुरक्षित बनाउने काम भइरहेको जानकारी दिए ।

उनका अनुसार देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको भौतिक संरचना, विपद् जोखिम र भवन संहिताअनुसार खुला क्षेत्रको अवस्थाबारे अध्ययन भइरहेको छ। अध्ययनका आधारमा सुरक्षित विद्यालय निर्माणका लागि गुरुयोजना तयार गरिनेछ ।

उनले जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराईका विद्यालयमा परेको असर उल्लेख गर्दै जलवायु अनुकूलनका लागि शिक्षा र वैज्ञानिक सहकार्य आवश्यक रहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै