• २०८३ कार्तिक ३० सोमबार

शतकबाट चुके कुशल, पोखराले काठमाडौँलाई दियो २२५ रनको विशाल लक्ष्य

शतकबाट चुके कुशल, पोखराले काठमाडौँलाई दियो २२५ रनको विशाल लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजलाई २२५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो । यो एनपीएलको तिनै सिजनमा अहिलेसम्म कुनै पनि टिमले बनाएको अहिलेसम्मको ठुलो टोटल हो । 

पोखराका लागि कुशल भुर्तेलले ९९ रन बनाएर आउट भएका थिए । ९९ रनमा खेलिरहेका कुशललाई करण केसीले आउट गरेपछि उनी शतक बनाउनबाट चुकेका थिए । त्यस्तै युवराज सामराले ८९ रन बनाएका थिए । भुर्तेल र सामराले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

त्यस्तै काठमाडौँका बलर करण केसीले २ तथा जहानदाद खानले एक विकेट लिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै