• २०८१ बैशाख १५ शनिबार

कम निद्राले हृदयघातको समस्या बढाउने ! मानिसलाई कति निद्रा आवश्यक ? 

kharibot

निद्रा हाम्रो मुटुको स्वास्थ्यको लागि धेरै फाइदाकारी छ । अचेल पर्याप्त मात्रामा निदाउनु अपवाद नै बनिसकेको छ । हरेक व्यक्ति दिनभर त व्यस्त हुन्छ नै, राति पनि टिभी, कम्प्युटर र मोबाइलमा झुम्मिरहनाले मानिसहरू पर्याप्त मात्रामा निदाउँदैनन् ।

एक अध्ययनका अनुसार पाँच घण्टाभन्दा कम सुत्ने मानिसमा हृदयाघात अथवा मुटुको समस्या दुई गुणा बढ्छ । ५० वर्ष उमेर भएका व्यक्तिहरूमा गरिएको अध्ययनले यस्तो देखाएको हो । शोधका अनुसार जो २४ घण्टामा सात घण्टा सुत्छन्, उनीहरूलाई अन्य मानिसको तुलनामा हृदयाघातको समस्या कम हुन्छ । 

कसैलाई निद्रा नलाग्ने समस्या हुन सक्छ । यसका धेरै कारणहरू हुन सक्छन् । अनिद्रा अथवा आधा रातमा ब्युँझिनुले केही खराबी छ भन्ने सङ्केत गरिरहेको बुझ्नु जरुरी छ । तर, जो आवश्यकताभन्दा धेरै समय सुत्छन्, उनीहरूलाई आफू निद्रासँग सम्बन्धित समस्याबाट ग्रस्त भएको थाहा हुँदैन ।  

यदि तपाईं सुत्दा निदाउन लगभग ५ मिनेट लाग्छ भने तपाईं कम निद्राको शिकार हुनुहुन्छ । तर, यदि सुतेपछि निदाउन २० अथवा २५ मिनेट लाग्छ भने तपाईंलाई निद्राको समस्या छैन । ओछ्यानमा पल्टिनेबित्तिकै निद्रा लाग्नु भनेको सामान्य निद्रा होइन । 

सामान्यतया वयस्क मानिसलाई ६ घण्टाको निद्रा पर्याप्त हुन्छ । मानसिक र परिश्रम ज्यादा पर्ने काम गर्ने मानिसलाई सात–आठ घण्टा पनि सुत्नुपर्ने हुन सक्छ । त्यस्तै, थकान कम हुने काम गर्ने मानिसलाई ५ घण्टाको निद्रा पनि पर्याप्त हुन्छ । किशोर र बच्चाको लागि भने ८ घण्टाको निद्रा आवश्यक हुन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै