• २०८१ जेठ ६ आइतबार

इङल्याण्डका एलेस्टर कुकले टेस्ट क्रिकेटबाट सन्यास लिए 

kharibot

काठमाडौँ। इङल्याण्डका क्रिकेट एलेस्टर कुकले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। कुकले भारतसँग यहि सेप्टेम्बर ७  मा पाचौ टेस्टपछि आफुले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। 

३३ बर्षिय कुक यस बर्ष टेस्ट क्रिकेटमा रन बनाउन संघर्ष गरिरहेका थिए। कुकको हाल भारतसँगको सिरिजका  सात पारीमा उच्च रन २९ थियो। 

कुक इङल्याण्डबाट टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन्।  उनले १६० खेलमा १२ हजार २ सय ५४ रन बनाएका छन्। टेस्ट क्रिकेटमा  औसत ४४.८८  रहेको छ भने कुकले सर्वाधिक रन सन् २०११ मा भारतविरुद्ध २९४ बनाएका थिए। टेस्ट क्रिकेटमा कुकले ३२ शतक र ५६ अर्धशतक बनाएका छन्। २००६ को मार्चमा भारत विरुद्ध डेभ्यु गरेका कुकले टेस्ट  भारतविरुद्ध नै खेलेर सन्यास लिन लागेका छन्।  

कुकले इङल्याण्डका लागि ५६ टेस्टमा कप्तानी गरेका थिए। कुक टेस्ट क्रिकेटमा धेरै रन बनाउने खेलाडीमा विश्वमा छैठौ नम्बरमा रहेका छन्।  

सन्यासको घोषणा गर्दै कुकले यो गाह्रो दिन भएपनि आफुले जीवनमा सोचेभन्दा धेरै उपलाभी हासिल गरेको बताएका छन्। मिल्ने साथहरु सँग अब ड्रेसिङरुम सेयर गर्न नपाउने भए पनि यो अलबिदा भन्ने सहि समय बह्येको बताए। आफुले क्रिकेटलाई असाध्यै माया गर्ने बताउदै कुकले आफुले इङल्याण्डको जर्सीलाई कहिल्यै पनि कम नआकेको र नयाँ पिढीलाई मौका दिने यो सहित समय  भएको बताए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय