• २०८१ बैशाख १८ मंगलबार

ओली र प्रचण्डबीच पार्टी एकता र मन्त्री हेरफेर गर्ने विषयमा छलफल

kharibot

काठमाडौँ।  प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्याउन तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा पुर्याउने विषयमा विचारविमर्श भएको थियो । 

प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकताका लागि गठित अधिकांश कार्यदलले प्रतिवेदन बुझाएका छन् । तर पार्टीको सचिवालय बैठक बस्न नसक्दा ती प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन । यस्तै छलफलमा सरकारको काम कारवाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको बुझिएको छ । 

मन्त्रीहरुको कामकारवाही बारे छलफल :

सरकारमा रहेका मन्त्रीहरुको काम बारे पनि दुवै अध्यक्षबीच छलफल भएको छ। दुवै अध्यक्षले राम्रो काम गर्न नसकेका मन्त्रीहरुलाई हेरफेर गर्ने बारे  छलफल भएको बुझिएको छ । समग्रमा सरकारले जनताको आशा अनुसार काम गर्न नसकेको अवस्थामा दुई अध्यक्षले आवश्यक परे मन्त्रीहरुलाई हेरफेर गरेर पनि काम प्रभावकारी रुपमा गर्नुपर्ने विषयमा छलफल भएको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै