• २०८१ बैशाख १७ सोमबार

अभिनेता दिलिप कुमार अस्वस्थ, मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना  

kharibot

मुम्बई। बलिवुडका ट्रेजडी किंगका नामले चर्चित अभिनेता दिलीप कुमारको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुंबईको लीलावती अस्पतालमा भर्ना गरिएको छ। 

दिलिप कुमारको ट्वीटर ह्यान्डलबाट सो बारे जानकारी दिदै दिलिप कुमारलाई छातीमा इन्फेक्सन भएको कारण अस्पताल भर्ना गरिएको जानकारी दिइएको छ। डाक्टरहरुले हाल दिलिप कुमारको स्वास्थ्यमा सुधार भएको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। 

९४ बर्षिय अभिनेता दिलिप कुमार यस अघि अगस्त महिनामा पनि अस्पताल भर्ना भएका थिए।  

बलिवुडमा देवदास, मुगल-ए-आजम जस्ता फिल्ममा अभिनय गरेका दिलिप कुमारले सन् १९६६ मा आफु ४४ बर्षको हुदा २२ बर्षिय सायरा बानोसँग विवाह गरेका थिए।दिलिप कुमार अन्तिम पटक सन् १९९८ मा फिल्म किलामा अभिनय गरेका थिए। 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै