• २०८१ बैशाख १४ शुक्रबार

आलिया र रणबीरको अफयेर्सलाई पिता ऋषि कपुरको ग्रीन सिग्नल !

kharibot

मुम्बई । बलिवुडमा अहिले चर्चाको शिखरमा रहेकी अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको अफयेर्सको चर्चा अहिले हरेक दिन हुन थालेको छ । दुवैले फिल्म ब्रह्मास्त्र साइन गरेदेखि नै यो जोडीको अफयेर्सको चर्चा चुलिएको हो ।

आलिया हालै आफ्ना प्रेमी सिद्धार्थ मलहोत्रासँग ब्रेकअप पछि ‘सिंगल’ रहेकी आलिया र कट्रिना कैफसँगको ब्रेकअप पछि पाकिस्तानी अभिनेत्री माहिरा खानलाई डेट गरेको भनिएका रणबीर कपुरबीचको अफयेर्स अब परिवारसम्म पुगेको छ। 

आलिया र रणबीरको अफयेर्सका बारेमा रणबीरका पिता ऋषि कपुरले मुख खोलेका छन् । ऋषि कपुरले आफु र नितुलाई आलिया मन पर्ने बताउदै उनीहरुको निर्णयमा आफुहरुको साथ् रहने बताएर दुवैको सम्बन्धलाई औपचारिकता दिएका छन् । ऋषि कपुरले रणबीरलाई आफ्नो मर्जीले नै विवाह गर्ने अनुमति दिएको भन्दै आफुहरुले पनि आफ्नै निर्णयमा विवाह गरेको बताए । 

हालै एक अन्तर्वार्ताका क्रममा रणवीरले आलियासँगको सम्बन्धका बारेमा बोल्दै एक केटाको रुपमा आफ्नो आलियासँग क्रस रहेको बताएका थिए । ऋषि कपुरको यो बयानपछि अब आलिया र रणबीरको विवाह हुने विषयले झन् चर्चा पाउने देखिएको छ।  

आली र रणबीर हाल आयान मुखर्जीले निर्देशन गर्ने फिल्म ब्रह्मास्त्रमा सँगै काम गरिरहेका छन् । यस फिल्ममा अमिताभ बच्चन र मोनी रोय पनि प्रमुख भुमिकामा रहेका छन् ।  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै