• २०८१ बैशाख १५ शनिबार

सुशान्तका फ्यान आलियाको चलचित्रप्रति आक्रोशित 

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । महेश भट्ट २१ वर्षपछि आफ्नो चलचित्र सडकको अर्को शृंखला “सडक-२” को साथमा आएका छन् ।

यस चलचित्रमा उनकी छोरी आलिया भट्ट र पूजा भट्ट संग संजय दत्तको पनि अभिनय रहेको छ । 

हालै यस चलचित्रको पोस्टर रिलीज भएको छ जसलाई देखेर सुशान्त सिंह राजपूतका फ्यानहरु आक्रोशित भएका छन् । 

उनीहरुले सामाजिक संजालमा उक्त चलचित्रलाई बोयकट गर्न ह्यासट्याग ट्रेन्ड गर्न शुरु गरेका छन् 

सुशान्त सिंह राजपूतको निधनपछि मानिसहरु नेपोटिजमको विषयमा आक्रोशित भएका छन् । सामजिक संजालमा पहिला देखि नै यस विषयमा विवाद चलिरहेको छ । 

बिहिवार आलिया भट्टको चलचित्र सडक-२ को पोस्टर रिलिज भएसंगै मानिसहरु यसप्रति आफ्नो रिस पोखीरहेका छन् । कतिपय मानिसले यस चलचित्रमा स्टार किड भएका कारण विरोध गरेका छन् । 

ट्वीटरमा यस चलचित्रको राम्रो प्रतिक्रिया आइरहेको छैन , प्रयोगकर्ताहरुले यसलाई सुशान्तको लडाई कायम रहने र सबैभन्दाबढी मन नपरेको चलचित्र बनाउने बताएका छन् ।

सडक-२ को कथा महेश भट्टले आफै लेखेका छन् । यस चलचित्र पहिला नै सिनेमाघरमा रिलीज गर्नको लागि तयार थियो तर यसको सह निर्माता कम्पनी फक्स स्टार स्टूडियोले ओटीटीमा रिलीज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै