• २०८१ बैशाख २३ आइतबार

आफैले हटाएका दिगम्बर झालाई सरकारले फेरी दुरसंचार प्राधिकरणको अध्यक्ष बनायो   

kharibot

काठमाडौँ। आफैले हटाएका नेपाल दुरसंचार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झालाई सरकारले फेरि अध्यक्षमा नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले झालाई ४ बर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो। 

वर्तमान सरकारले देउवा सरकारले २०७४ भदौ ११ पछि गरेका सबै नियुक्ती खारेज गर्ने सरकारको निर्णयपछि झा पनि बर्खास्तीमा परेका थिए। त्यसलगत्तै पुर्नवहाली माग गर्दै सर्वोच्च गएपनि झाले पछि मुद्दा फिर्ता लिएका थिए।

झाले मुद्दा फिर्ता लिएपछि संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले झा लाई नियुक्त गर्न मन्त्रिपरिषदमा अघिल्लो पटक प्रस्ताव लागेको भएपनि अन्य मन्त्रीहौर्को व्यापक विरोध पछि सो प्रस्ताव फिर्ता भएको थियो।  सो बैठकले खुल्ला प्रतिस्पर्धाबाट मात्र प्रस्ताव ल्याउन निर्देशन दिएको थियो। 

तर समितिले निकालेको सुचनामा झा लगायत प्राधिकरणमै कार्यरत वरिष्ठ निर्देशक तथा पूर्व सचिवसमेतले निवदेन दिएका भएपनि मन्त्रालयले झासँगै पूर्व सचिव शुशिल घिमिरे र प्राधिकरणकै वरिष्ठ निर्देशक पुरुषेत्तम खनाललाई सिफारिस गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै