• २०८१ जेठ ३ बिहीबार

ह्रस्व र दीर्घ जान्नुहुन्न ? यो गीत सुन्नुहोस् (भिडियोसहित )

kharibot

काठमाडौं  / पछिल्लो समय सामाजिक सञ्जालमा नेपाली व्याकरणको नियम समेटेर बनाइएको तीज गीतले खूबै चर्चा बटुलिरहेको छ । नेपाली व्याकरण भन्नेबित्तिकै ह्रस्व र दीर्घका नियमको कुरा आउँछ । यदि तपाई पनि यो नियममा झुक्किने गर्नुभएको छ भने तपाईको लागि उपयोगी बन्नसक्छ यो गीत । 

यो नेपाली व्याकरण शीर्षकमा सार्वजनिक भएको छ भने यसलाई नेपाली शिक्षकले नै तयार पारेका हुन् ।  

अवेरनेश इन्टरनेसनल एकेडेमी (एआईए)का प्रबन्धनिर्देशक विमल घिमिरेको शब्द राजकुमार घिमिरेको लय र शारदा पराजुलीको आवाजमा तयारी गरिएको उक्त गीतमा ह्रस्व र दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।  

यो गीत प्राथामिक तहका विद्यार्थीदेखि उच्च शिक्षा लिँदै गरेका सम्पूर्ण विद्यार्थीको लागि उपयोगी हुने देखिन्छ । यसरी तीजको भाकामा तयार पारिएको उक्त को छायांकन स्कुलपरिसरमा नै गरिएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै