• २०८१ बैशाख १७ सोमबार

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई आगामी सोमबार हुने

kharibot

काठमाडौं।  प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ आगामी सोमबार हुने भएको छ।

संसदीय सुनुवाइ समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले मिश्रविरूद्ध उजुरी दिनेहरूसँग आइतबार छलफल गरेर सोमबार उनको सुनुवाइ हुने जानकारी दिए।

मिश्रविरूद्ध समितिमा चार उजुरी परेका थिए। एकजना उजुरीकर्ताले आफ्नो उजुरी फिर्ता लिएका छन्। सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोजस्ता उजुरी मिश्रविरूद्ध परेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय