• २०८१ बैशाख १७ सोमबार

मंगलग्रहमा धूलोको आँधी, ब्युँझेला नासाको अपरच्युनिटी रोभर ? 

kharibot

२०१७ को जुलाईमा लिइएको तस्बिर, जहाँ पर्सेभरेन्स भ्यालीमा रोभरको छायाँ देखिएको छ ।

अमेरिका । विशाल धूलोको आँधीले पछिल्लो समय वितण्डा मच्चाएको मंगल ग्रहको आकाश विस्तारै सफा हुन थालेको छ । आँधी हट्ने क्रम सुरु भएसँगै आकाश सफा हुनथालेको नासाका वैज्ञानिकहरुले बताएका छन् । 

धूलोको आँधीसँगै नासाले मंगलग्रहमा अनुसन्धानका लागि पठाएको अपच्र्युनिटी रोभरले पुनः सक्रिय भएर काम गर्ला कि नगर्ला भन्नेतिर वैज्ञानिकहरुको चासो रहेको छ । नासाका वैज्ञानिकहरु भने उक्त रोभरले सूर्यको प्रकाश पाएसँगै ब्युँझेर पृथ्वीमा सम्पर्क गर्ने आशामा रहेका छन् ।

मंगलग्रहको पिजभेरेन्स उपत्यकामा उक्त रोभर गत जुन महिनायता निष्क्रिय अवस्थामा रहेको छ । उक्त समयमा आएको आँधीले रोभर भएको मंगलको पूरै भागलाई छोपेको थियो । जसका कारण सतहमा सूर्यको पर्याप्त प्रकाश पुग्न नसक्दा रोभरको सोलार प्यानेलले काम गर्न नसकेपछि निष्क्रिय हुन पुगेको थियो ।

अहिले रोभर स्लिप मोडमा रहेको छ भने जुन १० यता रोभरसँग नासाका वैज्ञानिकहरुको सम्पर्क जोडिन सकेको छैन ।

तर नासाको मार्स रिकनेसा अर्बिटरबाट गरिएको अवलोकनले भने अब धूलो हटिरहेको देखाएको छ । रोभरले धूलोबाट मुक्त हुनेबित्तिकै पुनः सक्रिय हुने र पृथ्वीसँग सम्पर्कमा आउनेमा वैज्ञानिकहरु विश्वस्त रहेका छन् । रोभर ब्युँझिनेबित्तिकै नासाको ग्राउण्ड कन्ट्रोलले त्यससँग सम्पर्क स्थापना गर्ने प्रयास गर्नेछ ।

यदि ४५ दिनभित्र रोभरले संकेत पठाएन भने आँधीलाई रोभरले थेग्न नसकेको पुष्टि हुनेछ भने त्यसले कुनै संकेत नपठाउने वैज्ञानिकहरुले बताएका छन् । तर रोभरमा बाक्लो धातुको कभर रहेको छ जसले सोलार प्यानेल ढाकेको हुन्छ । धूलो हट्नेबित्तिकै सोलार प्यानेलले काम गर्नेमा आशावादी रहेका वैज्ञानिकहरुले भने रोभरको जीवन रहे नरहेको जाँच गरिरहनेछन् धेरै महिनासम्म ।   

यस्तो अवस्थामा यदि साँच्चै रोभरले सूचना पठाएमा पनि त्यसका पांग्राहरुले पुनः पहिलेजस्तै एक ठाउँबाट अर्को ठाउँसम्म पुगेर अनुसन्धान गर्नेमा भने वैज्ञानिकहरु समेत विश्वस्त छैनन् । किनभने धूलो र चिसो आँधीले रोभरलाई नराम्ररी क्षति पुर्याएको अनुमान गरिएको छ ।

यदि रोभरको मिसन सोही उपत्यकामा अन्त्य भयो भने पनि यसले पर्याप्त काम गरेको वैज्ञानिकहरुले बताएका छन् ।

रोभरले ४५ किमिसम्मको यात्रा पछिल्ला १४ वर्षमा गरिसकेको छ भने मंगलमा पहिला पानी भएको समेत रोभरले पत्ता लगाइसकेको छ । त्यसो त रोभरलाई ९० दिन लगाएर १ किमि पार गर्ने गरी समेत बनाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै