• २०८१ बैशाख १७ सोमबार

विश्वकप विजेता फ्रान्सद्वारा नेदरल्यान्ड्स पराजित, एम्बाप्पे र जिराउडले गरे गोल  

kharibot

काठमाडौँ। युइएफ़ए नेशनल लिगमा विश्वकप विजेता फ्रान्सले नेदरल्यान्ड्सलाई पराजित गरेको छ। गएराती भएको खेलमा फ्रान्सले नेदरल्यांड्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

फ्रान्सको जितमा किलियन एम्बप्पे र ओलिभर जिराउडले एक एक गोल गरेका थिए भने नेदरल्यांड्सका लागि रायन बाबेलले एक गोल गरेका थिए। खेलको १४औ मिनेटमा एम्बाप्पेको गोलबाट अग्रता लिएको फ्रान्सले पहिलो हाफमा १-० को अग्रता लिएको थियो।  दोस्रो हाफको ६७औ मिनेटमा बेबेलले गोल गर्दै खेल १-१ को बराबरी गरेका थिए भने ७४औ मिनेटमा फ्रान्सका जिराउडले गोल गर्दै फ्रान्सलाई २-१ को जित दिलाएका थिए ।

जिराउड हालै रसियामा सम्पन्न विश्वकपमा फ्रान्स विजेता बनेपनि गोल गर्न असफल भएका थिए।  उनले यस खेलबाट फ्रान्सका लागि आफ्नो ३२औ गोल गरेका छन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै