• २०८१ बैशाख २१ शुक्रबार

न्यायाधीश जोशी सर्वोच्च फर्किए

kharibot

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा फर्केका छन् ।

जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो । सुनुवाइपछि जोशी बिदामा बसेका थिए । सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका थिए ।

न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्केको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । जोशी काममा फर्के पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै