• २०८१ बैशाख १७ सोमबार

नेप्सेको दोहोरो अंकको बृद्धि, तीन वटा समुहले गुमाउँदा सात वटाले कमाए

kharibot

काठमाडौ। साताको अन्तिम दिन आज बिहिबार पनि नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । आज नेप्से १४ दसमलव १३ अंकले बढेर १२ सय ४४ दसमलव ८४ बिन्दुुमा चढ्दा सेन्सिटिभ तीन दसमलव ४७ अंकले बढेर दुुई सय ६४ दसमलव २७ बिन्दुुमा चढेको छ । 

एक सय ७३ वटा कम्पनीहरुको सात हजार चार सय ३६ वटा कारोवारमा २७ लाख ११ हजार एक सय १० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७२ करोड ९८ लाख पाँच हजार पाँच सय ४६ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको कारोवार सुचक घटेपनि सात वटा समुहको कारोवार सुचक बढेकाछन । बाँणिज्य बैक समुहको सुचक १६ दसमलव दुुई अंकले बढेर एक हजार ९२ दसमलव ९३ बिन्दुुमा चढ्दा ४८ करोड ८४ लाख २९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

आज बिकास बैंक समुहको सुचकपनि ११ दसमलव २७ अंकले बढेर १४ सय ९३ दसमलव ४९  बिन्दुुमा चढ्दा पाँच करोेड आठ लाख ८६ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक पनि चार दसमलव ५३ अंकले बढेर १३ सय ९२ दसमलव ४९ बिन्दुुमा चढ्दा दुुई करोड १२ लाख १७ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको कारोवार सुचीमा पनि आज उच्च बिन्दुुले सुधार आएको छ ।  निर्जिवन बीमा समुहको सुचक भने ४१ दसमलव ४१ अंकले घटेर पाँच हजार आठ सय ३३ दसमलव ४४ बिन्दुुमा झर्दा दुुई करोड ६३ लाख ६६ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जीवन बीमा र लघुुबित्त समुहको पनि आज घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको नेपाल सेवा लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ७७ पैसाले बढेर चार सय ७२ रुपैयाँमा कारोवार भएको छ भने गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको भार्गभ बिकास बैकको सेयर मुल्य चार रुपैयाँ ५४ पैसाले घटेर एक सय २६ रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको एनएमबी बैकको प्रतिकित्ता तीन सय ५५ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ९४ लाख ५१ हजार छ सय २९ रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै