• २०८१ बैशाख १८ मंगलबार

रियल सोसीइडाडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, स्वरेज र डेम्बेलेले गरे गोल  

kharibot

काठमाडौँ।  ला लिगामा बार्सिलोनाले आफ्नो विजयी यात्रालाई कायम राखेको छ। गएराती भएको खेलमा बार्सिलोनाले रियल सोसीइडाडलाई २-१ गोल अन्तरले पराजित गरेको छ। 

खेलको ६२ मिनेटसम्म १-० ले पछि परेको बार्सिलोनाले तीन मिनेटभित्र २ गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो।  बार्सिलोनाको जितमा लुइस स्वरेज र उसमान डेम्बेलेले गोल गरेका थिए। त्यस्तै सोसीइडाडका लागि खेलको १२औ मिनेटमा अर्टिज एलुसटोन्डोले गरेका थिए। जीत पछि बार्सिलोनाको ४ खेलमा १२ अंक भएको छ भने सोसीइडाडको ४ खेलमा ४ अंकनै रहेको छ। 

यस सिजनमा बार्सिलोनाका लागि डेम्बेलेले उत्कृष्ट प्रदर्शन गरेका छन्।मुस्किल मा रहेको बार्सिलोनाका लागि गोल गरेर जित दिलाएका छन्। गत सिजनमा टिमलाई धेरै योगदान नगरेको भनेर उनको आलोचना भएको थियो।  यस सिजनमा भने डेम्बेलेले ३ गोल गरेका छन् भने ४ गोल असिस्ट पनि गरेका छन्। जुन ला लिगामा यस सिजनमा कुनै पनि खेलाडीले गरेको धेरै योगदान हो। 

बार्सिलोनाले अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत नेदरल्यांड्सको क्लब पिएसभीसँग खेल्ने छ भने ला लिगा अन्तर्गत गिरोनासँग खेल्ने छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै