• २०८१ बैशाख १४ शुक्रबार

इङल्याण्डका क्रिकेटर मोइन अलीलाई अस्ट्रेलियन खेलाडीले 'ओसामा' भनेको खुलासा 

kharibot

काठमाडौँ। इङल्याण्डका क्रिकेटर मोइन अलीले आफुलाई खेलको दौरान ऑस्ट्रेलीयन खेलाडीले ओसामा भनेर सम्बोधन गरेको आरोप लगाएका छन्। अलीले लेखेको आत्मकथा मोइनमा आफु २०१५ मा अस्ट्रेलियाविरुद्ध भएको खेलमा नश्लभेदको शिकार भएको आरोप लगाएका हुन्। 

३१ बर्षिय मोइनले आफ्नो किताबमा सोघटना को उल्लेख गरेर अस्ट्रेलियन क्रिकेटलाई फेरी निशाना बनाएका छन्। 

इङल्याण्डको कार्डिफमा भएको सो खेलका क्रममा ओलीले पहिलो टेस्ट खेल्दै ७७ रन बनाएका थिए २ ५ विकेट पनि लिएका थिए। सो खेलका क्रममा उनलाई अस्ट्रेलियन एक खेलाडीले ओसामा भनेर बोलाएको उल्लेख गरेका छन् तर उनले सो खेलाडीको नाम भने खुलाएका छैनन्। 

अलीको सो किताबको अंश ब्रिटिश पत्रिका द टाइम्सले छापेको छ।  अलीको जन्म ब्रिटेनको बर्मिङ्घममा भएको हो भने उनका पुर्खा पाकिस्तानबाट ब्रिटेन पुगेका हुन्। 

उनले आफ्नो किताबमा लेखेका छन्, 'खेलको क्रममा एक खेलाडीले म तर्फ फर्केर यो लौ ओसामा, भने, यो सुनेर मलाई विश्वास नै भएन, मलाई याद छ कि त्यति बेला निकै रिस उठ्यो, रिसले मेरो अनुहार नै रातो भएको थियो, क्रिकेट मैदानमा मलाई यसअघि कहिल्लै त्यति रिस उठेको थिएन। ' 

अलीले सो कुरा केहि खेलाडीहरुसँग बताएको र तत्कालिन इङल्याण्डका कोचले अस्ट्रेलियाका कोचसँग सो बारेमा कुरा समेत गरेको बताएका छन्। तर सो खेलाडीले सो बारेमा इन्कार गर्दै 'टेक दयाट-यु पार्ट टाइमर' भनेको बताएका छन्। 

अलीको सो दाबि पछि अस्ट्रेलियाको क्रिकेट बोर्डले आफ्नो प्रतिक्रिया दिदै प्रवक्ताको बयान आएको छ। प्रवक्ताले यस्तो किसिमको बयान अस्वीकार्य बह्येको बताउदै क्रिकेट खेलमा यसको कुनै ठाउ नभएको बताएका छन्। उनले इङल्याण्डको क्रिकेट बोर्डसँग यस बारेमा थप जानकारी माग्ने बताएका छन्। 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै