• २०८१ बैशाख १७ सोमबार

सिरियाले खसाल्यो रुसी सैनिक जहाज 

kharibot

सिरिया । सिरियाले भूलवश रुसी सैनिक जहाजलाई क्षेप्यास्त्र प्रहार गरी खसालेको छ । बीबीसीका अनुसार रुसले यसबारे जानकारी दिए पनि दोष भने इजरायलमाथि लगाएको छ । 

खसालिएको जनाजमा १५ रुसी सैनिक रहेको बताइएको छ । रुसी प्रतिरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत इजरायली जेटले रुसी आईएल२० जहाजलाई सिरियाली एयर डिफेन्सको बाटोमा लगेको कारण उक्त दुर्घटना भएको जनाइएको छ । रुसले इजरायलले पर्याप्त सूचना र चेतावनीविनै सिरियाविरुद्ध टार्गेट बनाउँदा रुसी विमान त्यसको शिकार भएको जनाएको हो । 

रुसले लगाएको आरोपबारे इजरायलले भने केही प्रतिक्रिया दिइसकेको छैन । त्यसो त इजरायलले सिरियाविरुद्ध गरेका आक्रमणको बारेमा विरलै मात्र जिम्मेवारी लिने गरेको छ । विगत १८ महिनामा सिरियामा रहेका २०० भन्दा बढी इरानेली लक्ष्यभेदन गरेको इजरायलले जनाउँदै आएको छ । 

यो दुर्घटना सोमबार भएको हो । उक्त विमान मिमिम भन्ने रुसी सेनाको आधारशिविरमा फर्किँदै गर्दा सिरियाली प्रतिरक्षा मिसाइलको शिकार भएको थियो । 

यसअघि रुसले आफ्नो विमान हराएको बताएको थियो । उता सिरियाली टेलिभिजनले शत्रुको जहाजमाथि आक्रमण गरिएको समाचार सम्प्रेषण गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै