• २०८१ बैशाख १७ सोमबार

‘कथा काठमाण्डू’ माथि चल्यो सेन्सरको कैची, पायो पीजी सर्टिफिकेट

kharibot

काठमाडौँ।  अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनपछि चर्को आलोचना र विरोध खेपिरहेको फिल्म ‘कथा काठमाण्डू’ लाई सेन्सर बोर्डले ‘कथा काठमाण्डू’ लाई पिजी सर्टिफिकेट दिएको छ । अब यो फिल्म हेर्न १६ वर्ष उमेर मुनीकाले अभिभावक लिएर जानु पर्ने हुन्छ । बोर्डले केही सिन काट्न लगाएर बोर्डले पिजी सर्टिफिकेट दिएको हो । 

यसअघि चलचित्र विकास बोर्डले त तत्काल यूट्युबबाट ट्रेलर नहटाए कारबाही गर्ने भन्दै निर्माण टिमलाई पत्र समेत काटेको थियो । तर धेरैको पूर्वअनुमान विपरित सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट नदिएर पिजी सर्टिफिकेट दिएको छ। 

 फिल्म श्रीमतीको इच्छा विपरित यदी श्रीमानले शारीरिक सम्बन्ध राख्छ भने त्यो बलात्कार हो भन्ने कथामा बनेको बताइएको छ। 
 
विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । यो फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।
 
अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् । यो फिल्म असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै