• २०८१ बैशाख १५ शनिबार

पोखरा प्रिमियर लिगका लागि खेलाडी दर्ता सुरु

kharibot

काठमाडौं।  पोखरा प्रिमियर लिग (पीपीएल) टि-२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता सुरु भएको छ । 

कार्तिक दोस्रो साता पोखरामा सुरु हुने प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउँदैछन् । ती टिमले खेलाडीहरु अक्सनमार्फत खरिद गर्नेछन् । पीपीएलमा खेल्न चाहने खेलाडीहरुले वेबसाइटमा गएर नाम दर्ता गर्नुपर्ने र त्यसका लागि १ हजार दर्ता शुल्क तोकिएको छ ।

पहिलो संस्करणको पोखरा प्रिमियर लिग खेल्न इच्छुक खेलाडीले लिगको अधिकारिक वेबसाइट www.ppl-t20.com बाट आफ्नो नाम दर्ता गराउन सक्नेछन्। 


पीपीएलमा सहभागी हुने खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ । 

क्याप्ड सिनियर, क्याम्पड एज लेभल र अन क्याप्ड रहेका छन् । क्याप्ड सिनियर खेलाडीका लागि न्यूनतम ५० हजार र अधिकतम २ लाख ५० हजार तोकिएको छ । एज लेभलको न्यूनतम ५० हजार तथा अधिकतम १ लाख ५० हजार  तोकिएको छ । अन क्याप्ड खेलाडीका लागि न्यूनतम ३० देखि अधिकतम ५० हजार तोकिएको छ । 

एउटा टिमले पीपीएलका लागि १५ देखि १८ सम्म खेलाडी छनोट गर्नुपर्ने छ । पीपीएलका लागि १ जना मार्की प्लेयर, २ जना विदेशी र २ जना स्थानीय खेलाडी राख्नुपर्ने नियम बनाइएको छ । खेलाडी दर्ता असोज ९ गते सम्म हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै