• २०८१ बैशाख १५ शनिबार

नमस्ते पोखरा प्रिमियर लिग आजदेखि शुरु 

kharibot

काठमाडौँ । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टि-२० को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ । यस अघि शनिबार देखि शुरु हुने भनिएको भएपनि मौसमको खराबीका कारण उद्घाटन खेल एकदिन पछि सारेर आजदेखि शुरु हुन लागेको हो । 

यस सिजनको पिपिएलको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन र काठमाडौँ गोल्डेन वारियर्सबीच हुदै छ । खेल बिहान ११:३० बजे सुरु हुँदैछ ।

पोखराको पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोज, बिराटनगर टाईटन्स, बुटवल ब्लास्टर्स, धनगढी ब्लुज, पोखरा पल्टन र  काठमाडौँ गोल्डेन वारियर्स गरि ६ टिम सहभागी छन् । 

जसमा पुर्व राष्ट्रिय टिमका कप्तान पारस खड्काले चितवन राइनोजको कप्तानी गरेका छन् भने प्रदिप ऐरीले बिराटनगर टाईटन्सको कप्तानी गरेका छन् । 

त्यस्तै सोमपाल कामीले बुटवल ब्लास्टर्सको तथा दिपेन्द्रसिंह ऐरीले धनगढी को कप्तानी गर्दै छन् । त्यस्तै शरद भेसावकरले पोखरा पल्टनको र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले काठमाडौँ गोल्डेनको कप्तानी गर्दै छन् ।

आयोजकका अनुसार हरेक टिमले एक अर्कासँग ५-५ खेल खेल्ने छन् भने लिग चरणमा सबै टिमले एक अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि अंकतालिकामा शिर्ष स्थानमा रहने टिम सोझै फाइनल प्रवेश गर्नेछ । त्यस्तै लिगको दोश्रो र तेश्रो हुने टिमले इलिमीनेटर खेल्नेछन् जसको विजेता फाइनल पुग्नेछ ।

प्रतियोगिताको विजेता टिमलाई २७ लाख पुरस्कारको घोषणा गरिएको छ भने उपविजेताले १० लाख पुरस्कार पाउने छ । त्यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले  टिभिएस मोटरसाइकल प्राप्त गर्ने छन् भने प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई १ लाख, इमर्जिङ्ग खेलाडीलाई ५० हजार र प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीले १० हजार पुरस्कार पाउने छन् ।

यस प्रतियोगितामा नेपालीका साथै विदेशी खेलाडीहरुको पनि सहभागिता रहेको छ । जसमा पोखरा पल्टनका रभी इन्दर सिंह, काठमाडौँ गोल्डेनबाट गौरव तोमार, जयकिशन कोल्सावाला त्यस्तै बिराटनगर टाईटन्सबाट पुनित मेहरा, धनगढीबाट भारतीय खेलाडी अमित यादव बुटवल ब्लास्टर्सबाट अफताब उदीन, चितवन राइनोजबाट सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा जस्ता खेलाडी खेल्दै छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै