• २०८१ बैशाख १८ मंगलबार

पाकिस्तानी अदालतद्वारा पूर्वप्रधानमन्त्री शरिफलाई रिहा गर्न आदेश 

kharibot

दक्षिण एसिया । एउटा पाकिस्तानी अदालतले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई थुनामुक्त गर्ने आदेश गरेको छ । उनी दुई महिनाअघिमात्रै १० वर्षे जेल सजाय भुक्तानीका लागि थुनामा रहेका थिए । 

उनीमाथि भ्रष्टाचारको आरोप छ । उक्त अदालतले शरिफ र उनको छोरीका यसअघिको सजाय पनि खारेज गरेको छ । उनीहरु जुलाईयता थुनामा रहेका थिए । पाकिस्तानमा चुनाव हुनु केही समयअघि मात्रै उनी थुनामा पुगेका थिए । 

शरिफले अदालतमा पुनरवलोकनको लागि अपिल गरेसँगै यस्तो फैसला भएको हो । शरिफले आफूमाथिका आरोप इन्कार गर्दै आएका छन् । गत हप्ता मात्रै शरिफकी श्रीमतीको लन्डनमा मृत्यु भएको थियो । 

अथाह सम्पत्ति जम्मा गरेको अभियोग लागे पनि शरिफले भने राजनीतिक पूर्वाग्रह साँधिएको बताउँदै आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै