• २०८१ बैशाख १६ आइतबार

सन्दीप युएइमा हुने टि-१० लिगमा छानिए, केरला किंग्सले सन्दीपलाई महँगो मुल्यमा किन्यो

kharibot

काठमाडौँ।  नेपाली युवा सेन्सेसन सन्दीप लामिछाने युएइमा हुने टि-१० लिगका लागि छनौट भएका छन्।  सन्दीपलाई टि-१० लिगको डिफेन्डिङ च्याम्पियन केरला किंग्सले महँगो मुल्यमा किनेको हो।

सोमबार भएको खेलाडी ड्राफ्टमा केरला किंग्सले सन्दीपलाई ३० हजार डलरमा अनुबन्ध गरेको हो। सन्दीप ईन्डियन प्रिमियर लिग टि-२०, ग्लोबल टि-२० क्यानडा, क्यारेबियन प्रिमियर लिग टि-२० र अफगानिस्थान प्रिमियर लिग टि-२० पछि  टि-१० क्रिकेट लिग २०१८ खेल्न छनौट भएका छन्।

युएइमा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०-१० ओभरको लिगमा केरला किंग्समा इंग्ल्याण्ड कप्तान इओन मर्गन आइकन खेलाडी र कप्तान रहेका छन् भने यस टिममा सन्दिपसँगै क्रिस गेल, करन पोलार्ड, जुनैद खान, टम कुरान, शोहेल तनबीर,  दासुन शनाका, पल स्टरलिङ्ग जस्ता खेलाडीहरु रहेका छन्। त्यस्तै सन्दिपको टिमको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व कप्तान ड्यानियल भिटोरीले गर्नेछन्।

यस टि-१० लिगमा कुल ६ टिम सहभागी रहेका छन् जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन् । केरला किंग्सको इओन मर्गन, मराठाको राशिद खान, पख्तुन्सको शहिद अफ्रिदील, पन्जाबीको शोयब मलिक, कराचियन्सको शेन वाटसन, बेङ्गालको सुनिल नारायण, नर्थर्न वारियर्सको ड्यारेन सामी तथा राजपुत्सको ब्रेन्डन म्याकलम कप्तान रहेका छन्।

सन्दिप लामिछानेलाई केरला किंग्सले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ। सन्दीपलाई हालै अफगानिस्तान प्रिमियर लिग १५ हजार डलरमा लिइएको छ।  त्यस्तै सन्दीप यसै बर्ष खेलेको ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलर,  क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा इन्डियन प्रिमियर लिगमा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भएर खेलेका थिए।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै