• २०८१ बैशाख १६ आइतबार

सेभिलासँग हार्यो रियल म्याड्रिड, आन्द्रे सिल्भाले गरे दुई गोल 

kharibot

काठमाडौँ। स्पेनिस ला लिगामा रियल म्याड्रिड पराजित भएको छ।  गएराती भएको खेलमा रियल सेभिलासँग ३-० ले पराजित भएको छ। रियलको यस सिजनको ला लिगामा पहिलो हार हो। 

सेभिलाको जितमा आन्द्रे सिल्भाले २ गोल गरे भने बेन यडरले एक गोल गरेका थिए। सेभिलाले तिनै गोल खेलको पहिलो हाफमा गरेर रियलमाथि दबाब बनाएको थियो। यस बर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका लुका मोड्रीचले हानेको गोल भिएआरले गोल नभएको दिए पछि रियललाई धक्का लागेको थियो। 

साथै रियलले सन् २००३ पछि ला लिगामा पहिलो पटक पहिलो हाफमा ३-० ले पछाडी परेको थियो। साथै सेभिलाको घरेलु मैदानमा लगातार चौथो हार हो। 
रियल म्याड्रिड ला लिगामा ६ खेलमा १३ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ। 

रियलले अब अर्को खेल एथलेटिको म्याड्रिडसँग खेल्ने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै