• २०८१ बैशाख १६ आइतबार

प्रतिनिधिसभा बैठकमा धेरै पटक गयल भए २८ सांसद, देउवा ३२ पटक, प्रचण्ड २१ पटक 

kharibot

काठमाडौं । प्रतिनिधि सभाको गत बैशाख २३ गतेदेखि सुरु भएको बजेट अधिवेशन आजदेखि सकिएको छ।

संसदको यो अधिवेशन कुल १३५ दिन सम्म चालु रह्यो भने यस अवधिमा कुल ६९ दिनमा ७९ पटक संसदको बैठक बसेको थियो।  यसअवधिमा १९९३ घण्टा २५ मिनेट संसदको कारवाही चलेको थियो। यस अवधिमा विभिन्न सांसद विभिन्न कारणले १० पटक भन्दा बढी अनुपस्थित रहेका छन् ।

आजको अन्तिम बैठकमा प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ अनुसार सभामुखले १० पटक भन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम पढेर सुनाएका छन्। 

संसद बैठक गयल हुने सांसदमा सूर्यनारायण यादव पहिलो स्थानमा परेका छन् । उनी संसदको बैठकमा ३९ दिन अनुपस्थित भएका हुन् । त्यस्तै दोस्रो नम्बरमा पद्मनारायण चौधरी रहेका छन् । उनी ३३ दिन संसद बैठकमा सहभागी नभएको संघीय संसदमा रेकर्ड रहेको छ । त्यस्तै गरी गयल हुने सांसदमा तेस्रो भएका छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । उनी ३२ दिन बैठकमा अनुपस्थित भएको रेकर्ड भएको छ । 

त्यसैगरी अन्य सांसदहरुमा शरतसिंह भण्डारी ११, शशांक कोइराला १०, शिवकुमार मण्डल १५, सीताराम महतो ११, सीतादेवी यादव १८, सुरेन्द्र कार्की १० , सुरेश चन्द्र दास १८ बैठकमा सामेल नभएको पाइएको छ । त्यसैगरी प्रमोद शाह २८, उमाकान्त चौधरी २२, अमनलाल मोदी १२, उमा रेग्मी १२, जीपछिरिंग लामा १८, पुष्पकमल दाहाल प्रचण्ड २१, सरिता गिरी १५, नगेन्द्र कुमार २२, अनिल झा १० र अभिषेक प्रताप शाह २६ बैठकमा सहभागी भएनन् भने उमेश श्रेष्ठ १८, किशोरसिंह राठौर १९, गोपालबहादुर बम १६ बैठकमा अनुपस्थित रहेको संसदमा रेकर्ड भएको छ । यस्तै, देवेन्द्रराज कँडेल १३, निर्जला रावल ११, विनोद चौधरी १८, रामबाबु यादव १९ र रोही नाग १५ वटा बैठकमा सहभागी नभएको पाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै