• २०८१ बैशाख १८ मंगलबार

पुर्व राष्ट्रपति ओबामाकी जेठी छोरी मालिया म्युजिक भिडियोमा

kharibot

काठमाडौँ।  अमेरिकी पुर्व राष्ट्रपति बराक ओबामाकी जेठी छोरी मालिया ओबामा गायनमा देभ्यु गर्दै पहिलो म्युजिक भिडियोमा आफ्नो आवाज दिएकी छन्। मालियाले वाकिङ अन एयर' नामको गीतको म्युजिक भिडियोमा अन्य ४ जनासहित गीत गाएकी छन्। 

आफ्ना हवार्ड युनिभर्सिटीमा पढ्ने साथीहरुसँग सो गीत गाएकी मालियाले मनोरंजनको दुनियामा आउने तयारी गरेको हलिवुडमा चर्चा चलेको छ। 

हवार्डबाट सन् २०२१ सम्म ग्राजुएट हुने तयारीमा रहेका मालियाले यस अघि यौन शोषणको आरोप खेपिरहेका हार्भे वेइनस्टाइनको कम्पनीमा इन्टर्नसीप समेत गरेकी थिइन्। 

पुर्वराष्ट्रपति ओबामा दम्पतिले केहि महिना अघि डिजिटल प्लेटफर्म नेक्सफ्लिक्ससँग सम्झौता गरेर डिजिटल मिडियामा आउने तयारि गरेका बेला आफ्ना माता पितालाई पछ्याउदै मालियाले पनि मनोरंजन क्षेत्रमा आउने तयारी गरेकी छन्।  


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै