• २०८१ बैशाख १५ शनिबार

कथा काठमाडौँमा प्रियंकाको रोल हेरेपछि प्राउड फिल भयो - अभिनेता आयुष्मान जोशी 

kharibot

काठमाडौँ।  प्रदर्शनरत फिल्म कथा काठमाण्डौ बारे अभिनेता आयुष्मान डिएस जोशी , मिस नेपाल २०१५ इभाना मानन्धर , हास्यकलाकार सन्दीप क्षेत्री र गायक युवराज चौलागाईले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । 

फिल्ममा आयुष्मानको भूमिका रहेता पनि उनले फिल्म हेर्न पाएका थिएनन् । आफ्नो भूमिका रहेको र त्यसको चर्चा भइरहदा फिल्म हेर्न हलमा पुगेका आयुष्मान निकै नर्भस थिए । काठमाण्डौको भिन्न तिन कथा मध्य एकमा आयुष्मान छन् , जसले लाइफको महत्वलाई झल्काएका छन् । फरक कथा वस्तु भएकै कारण फिल्मले यतिबेला चर्चा बटुलिरहेको छ । 

काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई यसमा चित्रण गरिएको छ । फिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मःको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भरत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

फिल्म हेरे पछु अभिनेता आयुष्मान डिएस जोशीले आफु आफ्नो पारिवारिक भ्रमणमा रहेकोले गर्दा यसको प्रमोसनमा आउन  नपाएको बताउदै आफुले प्रियंकाको माध्यमले सम्पूर्ण अपडेट लिईरहेको बताए ।, 'मलाइ पनि आफैलाई कहिले हेरु भन्ने भएको थियो र काठमाण्डौ फर्किने वितिकै म फिल्म हेर्न आए । फिल्म हेर्नु अगाडी पनि आफुले कस्तो काम गरे भन्ने कौतुहलता थियो नै किनकी आफ्नो मान्छेले त आफ्नो कामको तारिफ गर्छन नै । तर फिल्म हेरेपछि तिनवटै कथा एक आपसमा ससक्त रहेको आभास भयो ।'

प्रियंका रोलको बारेमा बोल्दै अभिनेता जोशीले प्रियंकाको त्यो रोल हेरेर आफुलाई प्राउड फिल भएको बताए। उनले फिल्म भित्र प्रियंकाले आफुलाई जसरी प्रस्तुत गरेको छ, त्यो तारिफ योग्य रहेको बताए । जसरी फिल्मको बारेमा कुराहरु सुनिएको थियो त्यो फिल्म हेरेपछि आफै हराउदै  गएको बताउदै जोशीले  त्यसै कारणले पनि आफुहरु त्यस विवादमा नबोलेको प्रतिक्रिया दिए। 

मिस नेपाल २०१५ इभाना मानन्धरले फिल्मलाई एउटा लेभल अप फिल्मको रुपमा चित्रण गरिन् । हाम्रै वरपरको फरक जीवनलाई यसले चित्रण गरेको बताउदै उनले फिल्ममा लभ , लस्ट र लाइफको सन्दर्भलाई निकै राम्रोसँग देखाइएको बताइन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै