• २०८१ बैशाख १४ शुक्रबार

 टी–२० विश्वकप छनौट : मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै 

kharibot

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज आयोजक मलेसियाविरुद्ध खेल्दै छ । आयोजक मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेसँगै नेपालले पहिला बलिङ गर्दै छ। 

पहिलो खेलमा नेपालले म्यानम्यारलाई २९ रनमा अलआउट गर्दै खेल ८ विकेटले  जितेको थियो भने प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मलेसियाको सामना गर्न लागेको हो। 

यही असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भुटान, चीन, म्यानमा र थाइल्याण्ड सहभागी हुनेछन् । राउण्ड रोविनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । 

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएइ, कतार र कुवेतसँगै पूर्वक्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । 

यस खेलमा नेपाली खेलाडीमा कप्तान पारस खड्का, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी रहेका छन्।

नेपालले अब २१ गते थाइल्याण्डसँग, २३ गते भुटानसँग, २४ गते चीनसँग र २६ गते सिङ्गापुरसँग खेल्ने छ ।     

लाइभ स्कोर यँहा हेर्नुहोस् 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै