• २०८१ जेठ ८ मंगलबार

वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा भारत २-० ले विजयी, पृथ्वी शा बने म्यान अफ द सिरिज 

kharibot

काठमाडौँ।  भारत भ्रमणमा रहेको वेस्टइन्डिजको क्रिकेटटिम भारतसँगको टेस्ट सिरिज २-० ले गुमाएको छ। दोस्रो टेस्टको तेस्रो दिन वेस्टइन्डिजले दिएको ७२ रनको लक्ष्य भारतले बिना कुनै विकेट गुमाई पुरा गरेपछि भारतले वेस्टइन्डिजलाई १० विकेटले पराजित गरेको थियो। 

दोस्रो टेस्टमा जित हासिल गरेपछि भारतले सिरिज २-० ले जितेको हो। यस टेस्टमा वेस्टइन्डिजले टस जितेर पहिला ब्याटिंग अग्र्दै पहिलो पारीमा ३११ रन बनाएको थियो भने भारतले पहिलो पारीमा ३६७ रन बनाएको थियो। पहिलो पारीमा ५६ रनको अग्रता लिएको भारतले वेस्ट इन्डिजलाई दोस्रो पारीमा १२७ रनमा अलआउट गरेपछि केबल ७२ रनको लक्ष्य पाएको थियो। सो लक्ष्यलाई भारतले बिना कुनै विकेट गुमाई पुरा गरेको थियो।

दोस्रो टेस्टमा १० विकेट लिएका भारतीय बलर उमेश यादव खेलको म्यान अफ द म्याच बनेका छन् त्यस्तै यस सिरिजमा भारतका लागि देभ्यु खेल खेलेका युवा खेलाडी पृथ्वी शा प्लेयर अफ द सिरिज बनेका छन्।  शाले पहिलो टेस्टको पहिलो पारीमा १३४ रन बनाएका थिए भने दोस्रो टेस्टको पहिलो पारीमा ७० र दोस्रो पारीमा ३३ रन गरि सिरिजमा २३७ रन बनाएका छन्। 

वेस्टइन्डिजले अब भारतसँग ५ एकदिवसीय खेल र ३ टि-२० खेल खेल्ने कार्यक्रम रहेको छ। पहिलो एकदिवसीय खेल यहि अक्टोबर २१ मा हुने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै