• २०८१ बैशाख १७ सोमबार

एनआईसी एशियामा अनलाइनबाटै खाता खोल्न सकिने 

kharibot

काठमाडौं । एनआईसी एसिया बैंकले न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोल्ने व्यवस्था मिलाएको छ ।

बैंकले “सोच बदलौं, एनआई सी एशिया बैंक नै रोजौँ”भन्ने मूल नाराका साथ यस्तो सेवा सुरु गरेको हो । ग्राहकले अनलाइनबाट “न्यू प्रिमियम समुन्नति बचत खाता”खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २० प्रतिशतको विशेष छुट पाउन सक्ने पनि बैंकले जनाएको छ ।

यस सुविधाबाट देश तथाविदेशमा रहेका ग्राहकलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता”खोल्न सहज होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकको मुलुकभर २६१ शाखा कार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग इकाइ रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै