• २०८१ बैशाख १५ शनिबार

नेपालमै लगानी गर्छौँ : गैरआवासीय नेपाली संगठन 

kharibot

काठमाडौँ / गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका निम्ति थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

यहाँ आइतबार सम्पन्न गैरआवासीय नेपालीविज्ञको विश्व सम्मेलनबारे जानकारी दिने उद्देश्यले सम्मेलन आयोजक समितिले आज यहाँ पत्रकार सम्मेलन गरेर ज्ञान, सीप र प्रविधिमा अधिक लगानी गरी नेपालको समृद्धिमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो । 

समितिका पदाधिकारीले दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नका लागि लगानीमैत्री नीति र वातावरण तयार गर्न सरकारलाई आह्वान गर्दै जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउन सकिने बताए ।

समृद्ध नेपाल सुखी नेपाली बनाउने वर्तमान सरकारको सपना साकार पार्न सङ्घले सक्दो सहयोग गर्ने बताउँदै नेपालको विकासको अबको कार्यसूची आर्थिक समृद्धि नै हुनुपर्नेमा जोड दिइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै