• २०८१ बैशाख १८ मंगलबार

युभेन्टसको जितमा रोनाल्डोले गरे २ गोल 

kharibot

काठमाडौँ। इटालियन सिरी ए मा युभेन्टसले इम्पोलीमाथि २-१ गोल अन्तरले जित हासिल गरेको छ।  युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन्। पहिलो हाफमा १-० ले पछि परेको युभेन्टस दोस्रो हाफमा रोनाल्डोको २ गोलको मद्धतले सिरी ए मा अपराजित यात्रालाई कायम राखेको छ।

इमोलीका लागि खेलको २८औ मिनेटमा कापुटोले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि रोनाल्डोले खेलको ५४औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए भने खेलको ७४औ मिनेटमा दोस्रो गोल गर्दै युभेन्टसलाई जित दिलाएका थिए। 

यो २ गोल सँगै रोनाल्डोले युभेन्ट्सका लागि यस सिजनमा पछिल्लो १४ खेलमा १० गोलमा आफ्नो योगदान दिएका छन् जसमा ७ गोल र ३ असिस्ट गरेका छन्। त्यस्तै युभेन्टसले सन् २०१२/१३ पछि सिरी ए मा उत्कृष्ट सुरुवात गरेको छ। 

जितपछि युभेन्टसको १० खेलमा २८ अंक भएको छ भने इम्पोलीको १० खेलमा केवल ६ अंक रहेको छ । युभेन्टसले अब अर्को खेल शनिबार कागलिरीसँग खेल्ने छ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय