• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न काँग्रेस सभापति देउवा अस्पतालमा 

kharibot

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँगेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा पुगेर देउवाले ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।  

छातीमा सङ्क्रमण देखिएपछि  आज बिहान ०४ः३० बजे भर्ना गरिएको थियो । सेन्टरको पछिल्लो हेल्थ बुलेटिनमा स्वास्थ्य स्थिति स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । “प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ”, प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे आज साँझ सञ्चारकर्मीलाई जानकारी दिँदै प्रा डा सायमीले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै