• २०८१ बैशाख १८ मंगलबार

मुक्तिनाथ विकास बैंकद्वारा लघु बैकिङ ग्राहक सदस्यको कर्जा मिनाहा तथा नगद फिर्ता

kharibot

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कोषअन्तर्गत आफ्ना लघु बैंकिङ्ग ग्राहक सदस्यको मृत्यु भएकोले एक कार्यक्रम मार्फत कर्जा मिनाहा तथा नगद फिर्ता गरि राहत प्रदान गरेको छ । 

क्षेत्रीय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक बाबुराम ढकालको प्रमुख अतिथ्यता र स्थानिय समाजसेवी तथा भद्रभलाद्मी का माझ स्व. हेमन्ती गुरुङ्गका छोरा सन्दीप गुरुङ्गलाई राहत रकम हस्तान्तरण गरिएको हो । पोखरा– १७, हनुमानटोल  निवासी स्व. हेमन्ती गुरुङ्गले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय छोरेपाटनको साना तथा लघु बैंकिङ्ग डेस्कबाट सामुहिक जमानतमा एक लाख विना धितो कर्जा परिचालन गरेका थिए ।

उनको आकस्मिक मृत्युपश्चात् परिचालन गरेको कर्जाको बैंकलाई तिरि सकेको साँवा, ब्याज र क्रिया खर्चसहितको रकम ८० हजार १ सय ३० रुपैयाँ स्व. हेमन्ती गुरुङ्गको छोरालाई नगदै प्रदान गरिएको हो । 

साथै तिर्न बाँकी कर्जा रकम ३३ हजार ८ सय ३८ रुपैयाँ पनि सोही कार्यक्रममार्फत बैंकले मिनाहा गरेको छ । यसैगरी  देउराली –०९ कास्की निवासी स्व. नेत्रहरी क्षेत्रीले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय काहुँखोलाको साना तथा लघु बैंकिङ्ग डेस्कबाट व्यक्तिगत जमानतमा १ लाख ३० हजार रुपैयाँ विना धितो कर्जा परिचालन गरेका थिए ।

उनको आकस्मिक मृत्युपश्चात् परिचालन गरेको कर्जाको बैंकलाई तिरिसकेको सावाँ, ब्याज र क्रिया खर्चसहितको रकम ६७ हजार ६ सय ८२ रुपैयाँ स्व.नेत्रहरी क्षेत्रीको पत्नी कविता क्षेत्रीलाई नगदै प्रदान गरिएको हो । साथै तिर्न बाँकी कर्जा रकम ७६ हजार ८ सय ८८ रुपैयाँ पनि सोही कार्यक्रममार्फत बैंकले मिनाहा गरेको जनाएको छ । 

यसैगरी अर्को कार्यक्रममार्फत पुतलीबजार नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष कृष्ण कार्कीको प्रमुख आतिथ्यमा बैंकको साना तथा लघु बैंकिङ्ग डेस्क छोरेपाटनमा  आबद्ध भई रु. ५० हजार कर्जा परिचालन गरेकी टक्सार –४ स्यांग्जा निवासी स्व.मनसुवा गुरुङ्गको मृत्यु भएकोले उनले तिरिसकेको साँवा, ब्याज र क्रिया खर्चसहितको रकम २३ हजार ७ सय ९१ रुपैयाँ स्व.मनसुवा गुरुङ्गको पति मिन बहादुर गुरुङ्गलाई नगदै प्रदान गरिएको हो ।

स्व.मनसुवा गुरुङ्गको नाममा तिर्न बाँकी कर्जा रकम २९ हजार ५ सय ८६ रुपैयाँ समेत बैंकले मिनाहा गरेको छ । यसका साथै मुक्तिनाथ विकास बैंकले विभिन्न किसिमका सामाजिक उत्तरदायित्वका गतिविधिहरुमार्फत समाज र आफ्ना ग्राहक सदस्यका हितमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय