• २०८१ बैशाख १६ आइतबार

सुर्खेतमा थारू संस्कृति जोगाउन होमस्टे

kharibot

सुर्खेत । पछिल्लो समय थारू समुदायको संस्कृति लोप हुँदै जान थालेको भन्दै यसको संरक्षण गर्न घरबास सञ्चालनमा ल्याइएको छ । थारू संस्कारलाई संरक्षण गर्दै पर्यटन प्रर्वद्धनका लागि कर्णाली प्रदेशमा थारू होमस्टे सञ्चालनमा ल्याइएको होमस्टे सञ्चालक जीतबहादुर चौधरीले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँस्थित थारू बस्तीमा उक्त घरबास सञ्चालनमा ल्याइएको हो । कूल रु ४० लाखको लगानीमा निर्माण गरिएको घरबासको मुख्य आकर्षण घोँघी र ढिकरी रहेको सञ्चालक चौधरीले बताए । घरबासमा ढिकरी, घोँघीका अलावा लोकल सुँगुरको मासु, स्थानीय खोलामा पाइने साना माछा, लोकल कुखुरा, हाँस, भेँडाको मासुलगायत बट्टाइ चराको मासुसमेत उपलब्ध हुने उनले बताए । “पछिल्लो समय थारू संस्कृति लोप हुँदै जान थालेको छ, यसलाई संरक्षण गर्नको लागि घरबास सञ्चालनमा ल्याएका छौं, उनले भने, “घरबासले गर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्दछ ।”

थारू संस्कृतिको नयाँ वर्ष तथा थारू समुदायको महान् चाड माघीदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ ।

त्यसैगरी थारू बस्ती रहेको नयाँ गाउँका कृषक सबै कृषि पेशामा रहेकाले उनीहरूको आर्थिक आयआर्जनमा समेत टेवा पुग्ने गरी घरबास सञ्चालनमा ल्याइएको सञ्चालक चौधरीले बताए । यहाँका कृषकलाई अर्गानिक उत्पादन गर्न प्रात्साहित गर्दै स्थानीय कृषकले उत्पादन गरेका सामग्री घरबासमा ल्याउने चौधरीले बताए । यसका लागि ३४ बिगाहामा अनदी धान लगाइएको चौधरीले बताए । घरबासमा अनदी चामलका विभिन्न परिकार खुवाउने उद्देश्यले यसको खेती शुरु गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय